आजको मिति: २०६८-११-११   | English | इमेल चेक

नेपाल सरकार
स्थानीय विकास मन्त्रालय

जिल्ला विकास समिति, रुकुम

flag
गाउँ बिकास समिति प्रकाशन फोटो ग्यालेरी

जनमत

जिल्लातहमा ई–गभर्नेन्सको अवधारणा लागु गर्न के गर्नुपर्ला ?
इन्टरनेट सर्वसुलभ हुनुपर्छ
सर्वसाधारणलाई प्रविधिको ज्ञान हुनुपर्छ
कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ
  नतिजा

मुख्य नदीहरु

ठूली भेरी:

यो हिम नदी हो । डोल्पा जिल्लामा बुबुङ नामले चिनीने ठूली भेरी नदी डोल्पा जिल्ला हुँदै जाजरकोट र रूकुम जिल्लाको सिमाना बनाएर दक्षिण पश्चिम तर्फबगेको छ । यसको किनारामा राम्रा मानव वस्ती र उर्वर खेतीयोग्य जमिन छ । यस नदीको पानी उपयोग गरी किसानहरूलाई प्रशस्त धान, गेहुँ र तरकारी खेती उत्पादनमा सघाउ पुर्याएको छ । जिल्लालाई पर्यटकीय हिसाबले विकास गर्दै लाने हो भने रूकुमका विभिन्न स्थानहरूबाट जाजरकोट, सुरखेतसम्म यस नदीमा र्याफ्टिङ यातायात सेवा सञ्चालन गरी जिल्लाको आय आर्जनमा वृद्धि गर्न सकिने ठूलो संभावना रहेको छ ।

सानो भेरी:

धौलागिरी हिमालको दक्षिणमा पर्ने चालिके पहाडलाई मुहान बनाइ यो नदी बगेको छ । बाग्लुङको ढोरपाटन हुँदै रूकुमको तकसेरा, जाङ, नायगाड, पोखरा, माछमी, गरायलाहुँदै ठूली भेरीसँग गराइला गा.वि..को रिम्नामा मिसिन्छ । यसका किनारामा सुन्दर मानव बस्तीहरू छन् । यस नदी र यसका शाखा प्रशाखा खोला, मुहानहरूबाट जिल्लामा अधिकांश बस्ती र फाँटहरूमा सिंचीत गरी प्रशस्त खाधान्न बाली, तरकारी बाली, नगदेबालीको उत्पादन हुने गर्दछ ।

अन्य खोलाहरू:

लुकुम खोला, कोर्जा खोला, लाचे बाहुले खोला, मैकोट गाड, नाथीगाड खोला, पेल्मा खोला, जहारी खोला, कुचीवाङ खोला, स्रि्रुतु खोला, साँख खोला, तिल्चा खोला, सेती गाड, गुम्ररी गाड, पुमा खोला, जीतु खोला, जामा खोला, डल्ली गाड, गीजा गाड, मग्मा खोला, देउता खोला, वरगाइ खोला, मुग्लु खोला, रूजी खोला, ठूली भेरी र सानी भेरीका सहायक नदीहरू हुन् भने चुन्वाङ खोला रोल्पाको चीउरा गाड हुदै माडी नदीमा मिसिन्छ ।

झरनाहरू

सिमैछरी झरना:

बाँफीकोट गा.वि..अन्तर्गत स्यार्पु गाउँ नजिकै उत्तरमा रहेको १०७ मी. अग्लो सुन्दर झराना पर्यटकीय हिसाबले महत्वपुर्ण मानिन्छ । दर्शकहरूलाई आनन्दित तुल्याउने यो झरनाको नजिक स्यार्पुताल रहेकोले मानविय बोझ र पीडालाई बिर्साईदिन सक्ने अतुलनीय सुन्दरता थपिएको महसुस हुन्छ ।

नौधारी झरना:

रन्मा मैकोट गा.वि..को स्वर्गद्धारी लेकमा पर्ने यो झरना अत्यन्त सुन्दर छ । नौ वटा मुहान बनाई यो करीब २०० मी. उचाईबाट खस्दछ । स्थानीय बासिन्दाहरू त्यहाँ गए सिद्ध बाबाको दृष्टि पर्यो भने मरिन्छ भन्ने अन्धविश्वासले निकै टाढाबाट पूजा गर्ने, भेडाको थुमा चढाउने गर्दछन् । हिमाली श्रृँखलाको नजिक भएकोले यसको सुन्दरता र आनन्दताको बखान साहित्य प्रेमीहरूले मात्र गर्न सक्दछन् । पर्यटकीय दृष्टिले यो झरना निकै महत्वपूर्ण ठानिएको छ ।

अन्य झरनाहरू:

नौधारी झरना (गोतामकोट)

गिल्बाङ झरना (स्यालापाखा स्थानीय नाम धोवोछरी)

घुम्चे झरना (मोरावाङ)

कबगाड झरना(प्वाङ)

गुज्जा झरना(मैकोट)

पखिजास झरना(नाखा)