आजको मिति: २०६८-११-११   | English | इमेल चेक

नेपाल सरकार
स्थानीय विकास मन्त्रालय

जिल्ला विकास समिति, रुकुम

flag
गाउँ बिकास समिति प्रकाशन फोटो ग्यालेरी

जनमत

जिल्लातहमा ई–गभर्नेन्सको अवधारणा लागु गर्न के गर्नुपर्ला ?
इन्टरनेट सर्वसुलभ हुनुपर्छ
सर्वसाधारणलाई प्रविधिको ज्ञान हुनुपर्छ
कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ
  नतिजा

हिम श्रृँखला

सिस्ने हिमाल:

रूकुमको उत्तरी सिमानामा अवस्थित रमणीय र सुन्दर हिमालको नाम सिस्ने हिमाल हो । यसलाई मर्कट्टा हिमाल पनि भनिन्छ । यो हिमाल कान्जीरोवा हिम श्रृँखला अन्तर्गत पर्दछ । यसको उचाई ५,८४१ मिटर छ । हिमाल चढ्ने मोहडा कठिन भएकोले र प्रचार-प्रसारको कमीले पर्यटकीय बाटो र तदनुरूपका पूर्वाधार नहुनुले अहिलेसम्म कुनैपनि पर्यटकहरूले चढ्ने प्रयास गरेका छैनन् । प्राकृतिक सौन्दर्यको धरोहरको रूपमा अवस्थित यस मनोरम सिस्ने हिमाललाई विश्वमा चिनाउन सकेमा पर्वतारोहण र सौन्दर्य अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकीयहरूको ओइरो लागि जिल्लाको आय आर्जनको स्रोत बन्न सक्ने देखिन्छ ।

ढोरपाटन वन्यजन्तु आरक्ष क्षेत्र

यस जिल्लाको उत्तर पूर्वमा पर्ने ढोरपाटन वन्यजन्तु आरक्ष क्षेत्रको जिल्लाका तीन गा.वि..हरू र न्मामैकोट, हुकाम र तकसेराको अधिकांश भागलाई ओगटेको छ । आरक्षको कूल क्षेत्रफल २,६२५ वर्ग कि.मी. मध्ये १,४१७ वर्ग कि.मी. क्षेत्रफल यस जिल्लामा पर्दछ । यस क्षेत्रमा मुख्य गरी वन्यजन्तुहरूमा नाउरको शिकार गर्नका लागि अनुमति दिईने गरिएको भएता पनि हाल यसमा प्रतिवन्ध लगाईएको छ । ठूला-ठूला पाटन, खर्क र चवरहरूको सम्पन्न यस आरक्ष भित्र घोरल, झारल, नाउर, कस्तुरी, थार, बदेल लगायतका विभिन्न वन्यजन्तुहरू पाइन्छन् । मुख्य जडीबुटीको रूपमा चिन्नीने यार्चागुम्बा, पाँचऔले, गुच्छीच्याउ आदि जस्ता महत्वपूर्ण जडीबुटीहरू पाइन्छन् ।

खनिज सम्पदा :

विभिन्न प्राकृतिक स्रोत र साधनले सम्पन्न यो जिल्लामा हालसम्म सरकारी पक्षबाट खनिज सम्पदाको बारेमा अनुसन्धान नभए पनि प्राप्त जानकारीका आधारमा खनिज पदार्थहरू जिल्लाका विभिन्न भागमा भएको अनुमान छ । तामाखानी यस जिल्लाको सेराबाङ (काँडा), काल्चेखानी (शोभा) झुम्लाबाङ, विरगुम, फल्नाई (कोल)मा भएको कुरा एक अनुसन्धानबाट प्रमाणित भएको छ । सिसा खानी सिस्ने हिमालको छेउछाउ र बाँफिकोटमा भएको अनुमान गरिएको छ । स्लेट खानी जिल्लाको अधिकांश भागमा प्रशस्त छ । अन्य खनिज पदार्थ कोईला, फलाम, चक, गन्धक जिल्लाको विभिन्न भागमा पाइएता पनि व्यवस्थित अनुसन्धान नभएका कारण के कति कहाँ पाइन्छ भनेर एकीन गरिएको छैन । औषधीको रूपमा प्रयोग हुने सिलाजित ठूलो भेरी र सानो भेरी किनारमा ठूला चट्टान र गुफाहरूमा प्रशस्त पाइन्छ ।

व्यापारिक केन्द्र:

यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरू मुसीकोट, बाँफिकोट, रूकुमकोट, आठबीसकोट, पोखरा, नायगाड, दोमाई, चौरजहारी, स्रि्रुतु, झुलखेत, बैरागी ठाँटी, चुनवाङ, सिम्ली, काँकी, गोतामकोट, कोल, तकसेरा, मैकोट, चारगाउँ, वाँकेज्यूला, खारैरह, कोटजहारी, नार्जी हुन् ।

उर्वर बेसी र टार :

यहाँका उर्वर बेसी र टारहरू चौरजहारी, खोलागाउँ, राडीज्यूला, पुमाज्यूला, आहारा ज्यूला, माछिमी, सोलावाङ, सादनचौर, टिवाङज्यूला, छिनखेत, गरायला, सेरायला, सेराखेत, पोखरा, अमलाचौर, लुस्पाखेत हुन् ।