आजको मिति: २०६८-११-११   | English | इमेल चेक

नेपाल सरकार
स्थानीय विकास मन्त्रालय

जिल्ला विकास समिति, रुकुम

flag
गाउँ बिकास समिति प्रकाशन फोटो ग्यालेरी

जनमत

जिल्लातहमा ई–गभर्नेन्सको अवधारणा लागु गर्न के गर्नुपर्ला ?
इन्टरनेट सर्वसुलभ हुनुपर्छ
सर्वसाधारणलाई प्रविधिको ज्ञान हुनुपर्छ
कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ
  नतिजा

स्वास्थ्य कार्यालय


मध्यपश्चिमको पहाडी एवं दुगम रुकुम जिल्ला भौगोलिक दृष्टिकोणले तराईको जस्तो फाँट चौरजहारी देखि हिमाली भेगको परिचय दिने सिस्ने हिमाल सम्म यहाँ रहेको हुँदा स्वास्थ्यको दृष्किोणले पनि विभिन्न रोगहरु देखा पर्ने गरेका छन् । हाल रुकुममा १ सरकारी १५ शैयाको अस्पताल , १ गैर सरकारी चौरजहारी मिसन अस्पताल , २ प्राथमिक स्वास्थ्य केन्द्र (कोल र कोटजहारी) ७ इलाका स्वास्क्ष्य चौकि (सिमु्रतु, मुसिकोट, रुकुमकोट, जाड, महत,वाफिकोट,आठविसकोट ) वाँकी प्रत्येक गा.वि.स. मा उपस्वास्थ्य चौकिहरु कायम रहेका छन् । हाल जिल्ला अस्पताल रुकुममा १ जना स्थायी र १ जना करारको गरी जम्मा २ जना मात्र चिकित्सकहरु कार्यरत रहेका छन् । जिल्ला अस्पतालले १५ जना विरामी भर्नाको लागि सरकारी मान्यता प्राप्त गरे पनि बिरामी भर्ना दर २२ जना भन्दा वढि हुने गरेको यर्थातता छ । विरामीको संख्या अनुसार चिकित्सक सहित अन्य स्वास्थ्यकर्मीहरुको दरवन्दी संख्या प्रयाप्त छैन । प्राथमिक स्वास्थ्य केन्द्रमा १ जना चिकित्सकको दरवन्दि भएपनि विगत धेरै वर्षदेखि अ.हे.व. र सि.अ.हे.व को भरमा चल्दै आएको छ । धेरै स्वास्थ्य संस्थाहरु भवनको अभाव र अप्रयाप्तता, स्वास्थ्यकर्मीहरुको अप्रयाप्तता तथा आधुनिक औजार उपकरणको अभावमा चल्नुपरेको छ । रुकुमको जनसंख्या र भौगोलिकता अनुसार पुग्दो मात्रामा स्वास्थ्य संस्थाहरु, चिकित्सक र स्वास्थ्यकर्मीहरु नभएको तितो यर्थाथता हामी सामु स्पष्ट छ । स्वास्थ्य संस्थाको अभाव र स्वास्थ्यकर्मीको अप्रर्याप्तताले दुरदराजका रुकुमेली जनताहरु आधारभुत स्वास्थ्य सेवावाट समेत टाढा हुनुपरेको छ । जिल्ला अस्पताललाई प्राविधिक रुपले औजार उपकरण सम्पन्न संथागत रुपले स्तर उन्नति गरी मानविय रुपले दक्ष स्वास्थ्यकर्मीहरुको पर्याप्त संख्या बनाई आधुनिकिकरण गर्दै थप व्यवस्थित ,सुदृढ ,प्रभावकारी र उपयोगी वनाउन नितान्त आवश्यक छ । मानविय स्वास्थ्यको विषय आर्थिक , शिक्षा, शुद्ध पिउने पानी, पोषण यूक्त खानपिन, सरसफाई , सामाजिक रुपले सम्पन्न विकाससँग सम्वन्धित छ तर्सथ मानविय स्वास्थ्यलाई सुरक्षित ,स्वस्थ राख्नकालागी एकिकृत रुपमा अर्न्तरसम्वन्धित क्षेत्रहरुको विकास र सकारात्मक वृद्धि गर्नु उत्तम निर्विवाद विकल्प हो ।

रुकुमेलि जनताको स्वास्थ्य प्रतिको मौलिकहकलाई सुरक्षित र मजवुत पार्नका लागि लिनुपर्ने उदेश्यहरु :
1.  सुरक्षित प्रसुति सेवा उपलब्ध गराई मातृशिशु रक्षा गर्ने र सवै शिशु तथा बालबालिकाहरुलाई आवश्यक खोप सेवामा पहुँच वृद्धि गरि बालमृत्यूदरमा कमी ल्याउने ।
2.  बढ्दो जनसंख्या नियन्त्रण गर्न परिवार नियोजनका साधनहरुको प्रयोगमा आम नागरिकलाई चेतना दिने र प्रजनन् स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने ।
3.  आम जनतालाई स्वास्थ्य सम्बन्धि जानकारी दिन जनचेतना मुलक कार्यक्रम संचालन गर्ने ।
4.  जिल्ला अस्पतालको विकास गर्न स्तर उन्नति गरि आवश्यक प्रविधि, जनशक्तिको व्यवस्था गर्ने ।
5.  हाल कायम रहेका स्वास्थ्य संस्थाहरुको स्तर उन्नति गर्ने, हरेक गा.वि.स.मा आवश्यकता अनुसार स्वास्थ्य संस्थाहरुको संख्या थप गर्ने, आवश्यक पर्ने स्वास्थ्यकर्मीहरुको व्यवस्था गर्ने ।
6.  पानीका मुहानहरु संरक्षण गर्दै स्वच्छ खानेपानी उपलब्ध गराउने ।
7.  रुकुममा संचालित उपचारात्मक र निरोधात्मक स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुलाई थप प्रभावकारी, उपयोगि र व्यवस्थित बनाउने ।
8.  संकटमा परेका विरामीहरुको लागि उपचार गर्न आवश्यक स्वास्थ्य कोषको व्यवस्था गर्ने ।
9.  क्षयरोग, झाडापखाला, आदि जस्ता सरुवा रोगहरुको न्युनिकरण गर्न जनचेतनालाई व्यापक बनाई बानि व्यवहारमा सुधार ल्याउने ।
10. स्वास्थ्य क्षेत्रको समुचित विकासका लागि जि.वि.स., गा.वि.स. र अन्य सरकारी तथा गैर सरकारी निकायहरुले आवश्यक बजेट विनियोजन गर्ने ।
रुकुम एकीकृत विकास कार्यक्रममा स्वास्थ्य :
1.  रुकुम जिल्ला अस्पतालको विकास र स्तर उन्नति :
2.  रुकुम अस्पताललाई १५ शैयावाट २५ शैया वनाउनुपर्ने ।
3.  रुकुम अस्पतालको चिकित्सक र स्वास्थ्यकर्मीको दरवन्दी अन्यन्तै न्यून एवं अप्रयाप्त भएकोले दरवन्दी थप गर्न पहल गर्ने र हाललाई आवश्यक चिकित्सक र स्वास्थ्यकर्मीहरु करारमा लिने ।
4.  रुकुम अस्पतालमा नियमित पर्याप्त खानेपानि, विजुलीवत्ती, सरसफाई र सुरक्षा व्यवस्था थप व्यवस्थित गर्न आवश्यक कार्य र जनशिक्तको व्यवस्था ।
5.  अस्पताल परिसरमा थप शौचालय, फूलवारी र एउटा क्यान्टिन ।
6.  अस्पतालमा पुग्दो मात्रामा अन्तरंग कक्ष ,वहिरंग कक्ष, इमरजेन्सी कक्ष ,चिकित्सक क्वाटर निर्माण तथा सुधार एवं आवश्यक औजार उपकरण जस्तै भि.डि.यो.एक्सरे आदी ।
7.  रुकुम अस्पतालको नियमित आम्दानिको स्रोतको रुपमा अस्पतालको परिसरको पश्चिम मुल वाटोतर्फरहेको जग्गामा सटर निर्माण गरी भाडामा दिने ।
8.  रुकुम अस्पतालवाट दिईने सेवाहरु जस्तै प्रयोगशाला, एक्सरे आदी सवै सेवाहरु सवै विरामिलाई निःशुल्क गर्नका लागि अस्पताल विकास समितिको खातावाट खर्च भएको रकम सोध भर्ना गर्ने व्यवस्था मिलाउने ।

आधारभूत स्वास्थ्य :-
1.  प्रत्येक टोल र गाँउमा आधारभूत स्वास्थ्यलाई थप व्यवस्थित र छिटोछरितो वनाउन म.स्वा.स्व.से.लगागत ,आमा समुह र स्थानिय विद्यालयहरुमा आवश्यक क्षमता अभिवृद्धी गरी नियमित रुपमा आधारभूत स्वास्थ्य सामाग्री उपलव्ध गराउने ।
2.  आधारभूत स्वास्थ्य शिक्षाका लागी जनचेतना अभिवृद्धि गरी रोगहरुको न्यूनिकरण गर्न एकिकृत रुपमा कार्यक्रमहरु संचालन गनुपर्ने जस्तै शुद्ध पिउने पानी, सुरक्षित चर्पि, आवश्यक पोषक तत्व सहितको खाद्यान्न आदी ।
3.  उपचारका लागि स्वास्थ्य संस्था सम्मर् इमरजेन्सि विरामी तत्कालै पुरयाउन प्रत्येक टोलमा स्टेचर , स्वंसेवक तयार गर्ने तथा रुकुमकोट , आठविसकोट , चौरजहारीमा थप १।१ वटा एम्वुलेन्सको व्यवस्था ।
4.  स्वास्थ्य संस्थाहरुलाई थप व्यवस्थित र स्तर उन्नति गर्न हाल आठविसकोट स्वास्थ्य चौकि र रुकुमककोट स्वास्क्ष्य चौकिलाई प्राथमिक स्वास्थ्य केन्द्रमा स्तर उन्नति गरी सवै उप स्वास्थ्य चौकीलाई क्रमिक रुपमा स्वास्थ्य चौकिमा स्तर उन्नति गर्ने तथा गा.वि.स.को जनसंख्या, भुगोल आदी हेरी स्वास्थ्य संस्थाको संख्या थप गर्ने ।
5.  शिशु तथा वालवालिकाको स्वास्थ्य स्थीतिमा सुधार ल्याउन र परिवार नियोजनका साधन वितरण एवं सामान्य स्वास्थ्य सेवा सहित स्वास्थ्य शिक्षावाट जनचेतना वृद्धि गर्न हाल चलिरहेका खोप केन्द्र र गाँउघर किल्निकहरुको संख्या थप गर्नका लागि ग्रा.स्वा.का. र मा.सि.का. हरु करारमा नियुक्ति गर्ने ।
6.  सवै स्वास्थ्य संस्थाहरुमा आवश्यक भवन, भएको भवनको मर्मत,शुद्ध पिउने पानी,चर्पि तथा अन्य स्रोत साधनले सम्पन्न वनाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने ।
7.  खोप सेवालाई नियमित, छिटो छरितो, व्यवस्थित बनाउन चौरजहारी , आठविसकोट, रुकुमकोट, कोल र वाँफिकोटमा विजुलि र मट्टितिलवाट चल्ने डि-फिजलको व्यवस्था गर्ने ।
प्राविधिक स्वास्थ्यकर्मीहरुको थप व्यवस्था :-

1.  हरेक स्वास्थ्य संस्थामा पुग्दोमात्रामा स्वास्थ्यकर्मीहरुको दरवन्दी नभएको वर्तमान परिपेक्षमा आवस्यकता भएका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरु जि.वि.स. र गा.वि.स.वाट राख्ने व्यवस्था गर्ने ।
2.  उप स्वास्थ्य चौकिमा सुरक्षित प्रसुति सेवा नियमित गराउनको लागि प्रत्येक उप स्वास्थ्य चौकिमा अ.न.मि.सेवा करारमा लिन जि.वि.स. र गा.वि.स.वाट व्यवस्था गर्ने ।
3.  यस जिल्लामा झाडापखाला तथा अन्य महामारीका रोगहरु वेला वेलामा देखिने गरेकोले गर्दा सो नियन्त्रण गर्न करारमा थप स्वास्थ्यकर्मी तथा स्वंसेवक लिन आवश्यक आर्थिक कोषको व्यवस्था गर्ने ।
निः शुल्क स्वास्थ्य सेवा
1.  निःशुल्क स्वास्थ्य सेवा अझ प्रभावकारि बनाउनका लागि विषेश किसिमको स्वास्थ्य कोषहरु खडा गरी संकटमा परेका विरामीहरुलाई उपचारको व्यवस्था गर्ने ।
2.  म.स्वा.स्व.से.ले विना पारिश्रमिक निःशुल्क रुपमा स्वास्थ्य सेवा दिदै आईरहेकोले निजहरुको क्षमता थप वृद्धि गर्ने र आवश्यक प्रोत्साहान स्वरुप भत्ताको व्यवस्था गर्ने ।
स्वास्थ्य शिक्षा, सूचना तथा संचार
1.  क्षयरोग, झाडापखाला जस्ता सरुवा रोगहरुको न्यूनिकरण गर्न स्वास्थ्य शिक्षा, सूचना र आवश्यक सेवा प्रदान गर्न सरकारी तथा गैरसरकारी संघ , संस्थाहरुसँग साझेदारी कार्यक्रमहरु एकिकृत रुपमा संचालन गर्ने ।
2.  स्थानिय एफ.एम.,पत्रपत्रिका, क्लव, सामाजिक समुह, विद्यालय, धामी झाक्रीं,पुरोहित,पुजारी मार्फत स्वास्थ्य सम्वन्धि सूचना प्रवाह गराई जनचेतना अभिवृद्धि गर्ने ।
3.  सामुदायिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्न वातावरणीय स्वास्थ्य,व्यवहार परिवर्तनका लागि कार्यक्रम एकिकृत रुपमा संचालन गर्ने ।