"कृषि मूलश्चः जीवनम्"
परिचयःविकासको मेरुदण्ड नै कृषि भएकोले परम्परागत कृषिमा आधारित कृषकहरुमा अनुसन्धान र अनुभवबाट प्राप्त उन्नत बीउ, मल, कृषि औजार, उन्नत प्रविधि तथा आधुनिक कृषि प्रणालीको प्रचार प्रसार गरी उपलब्ध सीमित स्रोत र साधनको समुचित परिचालन गराई प्रति
| जिल्ला कृषि विकास कार्यालय |
| व.कृ.वि.अ.श्री कूल पृसाद अधिकारी |
दिर्घकालीन तथा अल्पकालिन सोचः
निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गर्दै तुलनात्मक लाभको आधारमा दिगो कृषि विकासको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउनु जिल्लाको कृषि क्षेत्रको दिर्घकालिन दृष्टिकोण रहने छ । यसै गरि अल्पकालिन सोंचको रुपमा रुकुम जिल्लाले विगत ३० बर्षदेखि तरकारी बीउ उत्पादनमा ब्यावसयिकता हासिल गरेको र विगतका केही वर्षदेखि तरकारी बीउ गुणस्तर नियन्त्रण तथा बजारीकरणको समस्याका कारण यो ब्यवसाय खस्किदो अवस्थामा रहेको सन्दर्भमा यस ब्यवसायलाई संस्थागत गरि गुणस्तर नियन्त्रण तथा ब्यवस्थित बजारीकरणको ब्यवस्था गराउनु नै जिल्लाको प्रमुख सोच रहेको छ र तरकारी बीउ ब्यवसायलाई सुदृढ बनाउन साझेदारी कार्यक्रम समेत संचालन गरिने सोच राखिएको छ । खाद्य सुरक्षाको दृष्टिकोणले पछाडी परेको रुकुम जिल्लाको प्रमुख खाद्यान्न बाली मकैको उत्पादकत्व बृध्दि गराउन साधारण तथा सामुदायीक बीउ उत्पादन कार्यक्रम संचालन गरि बीउको श्रोत केन्द्र विकासमा जोड दिईने छ । सदरमुकाम वरपर र बजारीकरण भईरहेका क्षेत्रहरुमा ताजा तरकारी उत्पादनमा जोडदिने, उच्च पहाडी क्षेत्रका गा.वि.स. हरुमा आलुको प्रबर्द्धनमा, अन्य मध्य पहाडी क्षेत्रहरुमा सुन्तलाजात तथा केही उच्च पहाडी गा.वि.स. हरुमा स्याउ लगायत हिउदे फलफूलखेतीको क्षेत्र विस्तार तथा ब्यवस्थापनमा जोड दिइने छ ।
उद्देश्यहरुः
व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीद्वारा उच्च एवं दिगो आर्थिक वृद्धि हासिल गरी खाद्य सुरक्षा तथा गरीवी निवारणमा योगदान गर्न तपसिल बमोजिमका उद्देश्यहरु लिईएको छः
१. कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वढाउने ।
२. व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरुको विकास गर्ने ।
३. प्राकृतिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षण, सम्बर्धन एवं सदुपयोग गर्ने ।
रणनितीः
. जिल्लालाई खाद्य सुरक्षामा सबल बनाउन मकै बालीको विकास तथा विस्तारमा जोड दिईने छ ।
. उत्तरी क्षेत्रका गा.वि.स. हरुमा कम्पोष्ट मलको प्रयोग तथा प्रांगारिक खेतीमा जोड दिईने छ ।
. जिल्लाको आन्तरिक माग आपूर्तिको लागि मौसमी तथा बेमौसमी ताजा तरकारी उत्पादन कार्यक्रमहरु संचालन गरिने छ ।
. आलुबालीको विकासका लागि बीयाँबाट आलु खेती तथा आलु बीउ उत्पादक समूहहरुलाई सुदृढ गरिने छ ।
. सडक जालोको सम्भावित विकासको आधारलाई मध्य नजर गर्दै फलफूल खेतीको क्षेत्र विस्तार गरिने छ ।
. सुन्तलाजात फलफूल खेतीको क्षेत्र विस्तारका साथै ब्यवस्थापन सुदृढ पार्न समस्या निदान अभियान संचालन गरिने छ ।
. तरकारी बीउ उत्पादन लगायत सबै कार्यक्रमहरुको अनुगमन पक्षलाई सुदृढ बनाईने छ, ।
. कृषि विकासका सबै कार्यक्रमहरुमा पिछडिएका उत्पीडित जनजाति, दलित तथा महिला वर्गको सहभागितामा जोड दिईने छ ।
जिल्ला कृषि विकास कार्यालयको जनशक्ति दरबन्दी विवरणः जिल्ला कृषि विकास कार्यालयको स्वीकृत दरवन्दी अनुसार बरिष्ठ कृषि विकास अधिकृत १, विषय विशेषज्ञ अधिकृतहरु-४, प्रा.स.-८, ना.प्रा.स. १२, लेखापाल-१, ना.सु.१, र कार्यालय सहयोगी १३ जना गरि जम्मा ४० जना जनशक्ति रहेका छन् ।