खानेपानी तथा सरसफाई सव-डिभिजन कार्यालय मुसीकोट, रुकुम
उदेश्य :- जिल्लामा २०४६ साल देखि खानेपानी कार्यालयले खानेपानी आयोजनाहरु निर्माण सम्पन्न गरि उपभोक्ता समितिहरुलाई हस्तान्तरण गर्दै आएको छ । सन्चालित आयोजनाहरुको सानोतिनो मर्मत संभार तथा संचालनको काम उपभोक्ताहरु आफैले र ठुलो प्रकृतिको मर्मत संभार गर्दा सरकारी तथा गैर सरकारी कार्यालयहरुबाट हुदै आएको छ । यस कार्यालयको मुख्य उदेश्य भनेको रुकुम जिल्लामा वसोबास गर्ने सम्पूर्ण जिल्लाबासीहरुलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने हो ।
हालको अवस्था :- जिल्लाको तथ्यांक अनुसार हाल सम्म विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुबाट खानेपानी र सरसफाईको क्षेत्रमा तपसील बमोजिमको लाभान्वित जनसख्या रहेको छ ।
खानेपानीबाट लाभान्वित जनसख्या :- ७९ % (प्रतिशत) सरसफाईबाट लाभान्वित जनसख्या :- १६ % (प्रतिशत)
आगामी त्रिवर्षिय दृष्टिकोण(Vision) : जिल्लाका सबै गा.बि.स.हरुमा स्वच्छ पिउनेपानीको ब्यवस्था मिलाउन सम्पूर्ण सरोकारवाला निकायहरु बिच समन्वय गर्ने र आगामी सन २०१५ सम्म जिल्लालाई खुला दिसा मुक्त जिल्ला बनाउन गुरु योजना तैयार गरि कार्यक्रम अगाडी बढाईने छ ।
नीति :- जिल्लामा रहेका खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत सम्पूर्ण निकायहरुलाई समन्वय गरि आवश्यकता र जिल्लाको क्षमताको आधारमा आयोजनाहरु निर्माण गर्दै जाने छ ।
बजेट सारांस : आगामी आ.व. २०६७ - ६८ को लागी प्रस्तावित कुल बजेट यस प्रकार रहेका रहेको छ ।
पुजिगत तर्फ : रु. १,६८,००,०००
प्रशासनिक तर्फ : रु. २९,५०,०००
कुल जम्मा : रु. १,९७,५०,०००