आजको मिति: २०६८-११-११   | English | इमेल चेक

नेपाल सरकार
स्थानीय विकास मन्त्रालय

जिल्ला विकास समिति, रुकुम

flag
गाउँ बिकास समिति प्रकाशन फोटो ग्यालेरी

जनमत

जिल्लातहमा ई–गभर्नेन्सको अवधारणा लागु गर्न के गर्नुपर्ला ?
इन्टरनेट सर्वसुलभ हुनुपर्छ
सर्वसाधारणलाई प्रविधिको ज्ञान हुनुपर्छ
कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ
  नतिजा

सन्देश

सर्वप्रथम जिल्ला विकास समिति रुकुमले स्थापना गरेको वेब साईट www.ddcrukum.gov.np माध्यमबाट यसका प्रयोगकर्ता सवै महानुभावहरुमा जिल्ला विकास समिति रुकुमको तर्फबाट हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछु । विश्वमा भएको सूचना प्रविधिको विकासको प्रतिफल स्थानिय तह सम्म पनि पु-याउने उद्देश्यले रुकुम जिल्ला विकास समितिलेपनि विविध प्रविधिहरुबाट आफुलाई सुसज्जित गर्ने प्रयास थालिएको छ । त्यसमा सूचनाको विकासलाई ग्रामिण स्तर देखि केन्द्रीय तह र अन्तराष्ट्रिय निकाय सम्म पु-याउन वेब साईटलाई अध्यावधिक गरी संचालनमा ल्याईएको छ । यस बाट रुकुम जिल्लाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सास्कृतिक, पर्यटकिय विकासका गतिविधिहरुलाई जनतामा पु-याई सुशासन र पारदर्शितालाई आत्मसाथ गर्न खोजिएको छ । यस अन्तर्गत रुकुम जिल्लाको ४३ वटै गाउँ विकास समिति र विषयगत कार्यालयहरुलाई समेटि जिल्लाको समग्र स्थितिको जानकारि गराउने हाम्रो प्रयास रहने छ। यसले E-governance को माध्यमबाट सेवाग्राही र आम नागरिकलाई स्थानिय निकाय र विषयगत निकाय सँगको सेवा लिने कार्यमा सहज र सरल तुल्याउने छ । यसमा समेटिएका विषयहरुलाई थप्दै र अध्यावदिक गर्दै लगिने छ । यसमा प्रयोग कर्ताहरुवाट समय समयमा अमुल्य सुझाव र सल्लाहको अपेक्षा गरिएको छ ।