आजको मिति: २०६८-११-११   | English | इमेल चेक

नेपाल सरकार
स्थानीय विकास मन्त्रालय

जिल्ला विकास समिति, रुकुम

flag
गाउँ बिकास समिति प्रकाशन फोटो ग्यालेरी

जनमत

जिल्लातहमा ई–गभर्नेन्सको अवधारणा लागु गर्न के गर्नुपर्ला ?
इन्टरनेट सर्वसुलभ हुनुपर्छ
सर्वसाधारणलाई प्रविधिको ज्ञान हुनुपर्छ
कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ
  नतिजा

गा.वि.स. सचिवहरुलाई निर्देशन २०६८-१०-१४

प्रस्तुत विषयमा यस कार्यालयको च.नं. ४१६ मिति २०६८।६।२६ को पत्र प्राप्त गर्नभएकै छ । उक्त पत्र साथ संलग्न जनतामा परिवर्तनको अनुभुति दिने तत्काल राहत कार्य योजना २०६८ (४८ बुँदे) को दफा १७ मा उल्लेख भएको अवधि भित्रै आफ्नो कार्य स्थलमा गई गाविसको कार्यहरु सम्पादन गर्नु होला भनि यस कार्यालयबाट समेत निर्देशन भएकोमा हाल सम्म पनि सदरमुकाममै संपर्क कार्यालय खोलि बसेको भन्ने बुझिन आएको हुँदा यो पत्र प्राप्त भएको ७ दिन भित्र आफ्नो कार्यस्थलमा गई गाविसको कार्यहरु सम्पादन गर्नुहोला । उक्त अवधि पश्चात यस कार्यालयबाट अनुगमन गर्दा सदरमुकाम मै बसेको पाइएमा स्थानिय विकास मन्त्रालयको निर्देशन बमोजिम कारवाहिहुने ब्यहोरा जानकारी गराइन्छ । साथै स्थानिय विकास मन्त्रालय (समान्य प्रशासन महाशाखा) को च.नं. १६६०, मिति २०६८।९।२० को गाउँ विकास समितिका सचिवहरुलाई आफ्नो कार्यालयमा नै बसेर कामकाज गर्ने ब्यवस्था मिलाउने भनी पुन: लेखि आएको पत्रको फोटोकपी समेत दिईएको छ । उक्त पत्रमा उल्लेख भएका सम्पूर्ण निर्देशनहरुको अनिवार्य रुपमा कार्यान्वयन गर्नुहुन समेत जानकारी गराईन्छ ।

 

भरतकुमार शर्मा

स्थानिय विकास अधिकारी

सबै समाचार हेर्नुहोस्