आजको मिति: २०६८-११-११   | English | इमेल चेक

नेपाल सरकार
स्थानीय विकास मन्त्रालय

जिल्ला विकास समिति, रुकुम

flag
गाउँ बिकास समिति प्रकाशन फोटो ग्यालेरी

जनमत

जिल्लातहमा ई–गभर्नेन्सको अवधारणा लागु गर्न के गर्नुपर्ला ?
इन्टरनेट सर्वसुलभ हुनुपर्छ
सर्वसाधारणलाई प्रविधिको ज्ञान हुनुपर्छ
कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ
  नतिजा

गणतन्त्र स्थापना पछिको चौथो जिल्ला परिषद सम्पन्न २०६८-१०-३

जिल्ला विकास समिति रुकुमले २०६७ फागुन २९ गते गणतन्त्र स्थापना पछिको चौथो जिल्ला परिषद सम्पन्न गरेको छ । प्रमुख अतिथि माननीय सभासद एवं पूर्व शान्ति तथा पूर्णनिर्माण मन्त्री जनार्दन शर्माज्यूले पानसमा दीप प्रज्वलित गरि तत्पश्चात प्रमुख अतिथि माननीय सभासद एवं पूर्व शान्ति तथा पूर्णनिर्माण मन्त्री जनार्दन शर्माज्यू र विशेष अतिथि माननीय सभासद एवं राज्यको पूर्णसंरचना तथा राज्य शक्तिको वाडफाँड समितिका सभापति लोकेन्द्र विष्ट मगरज्यूले संयूक्त रुपमा व्यानर खोली उद्घाटन गर्नुभयो । जिल्ला परिषदको उद्घाटन सत्रको कार्यक्रम संचालन जि.वि.. रुकुमका कार्यक्रम अधिकृत श्री चिन्तामणि दाहालज्यूले गर्नुभयो भने कार्यक्रमको अध्यक्षता जिल्ला विकास समितिको कार्यलय रुकुमको अध्यक्ष एवं स्थानीय विकास अधिकारी श्री केदारनाथ शर्माज्यूले गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला विकास समितिको कार्यलय रुकुमको अध्यक्ष एवं स्थानीय विकास अधिकारी श्री केदारनाथ शर्माज्यूले आगामी आर्थिक वर्ष२०६८/०६९ को लागि जिल्लाको प्रशासनिक अर्थात साधारण खर्चमा उनानब्बे करोड तेत्तीस लाख, तीस हजार अर्थात कुल बजेट रकमको छत्त्तीस प्रतिशत, पूंजिगत/विकास खर्च तर्फएक अरव अन्ठाउन्न करोड एकासी लाख, उन्सत्तरीहजार अर्थात कुल बजेट रकमको चौसठी प्रतिशत गरि जम्मा कुल बजेट रु दुर्इ अरव, अठचालिस करोड, चौध लाख, उनानसय हजारको अनुमानित वजेट प्रस्ताव गर्नु भएको थियो ।

जिल्ला परिषदको कार्यक्रममा अतिथिहरु माननीय सभाषदहरु, पूर्व मन्त्रीहरु जिल्ला न्यायधिस, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनीधि, पत्रकार महासंघका अध्यक्ष लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । परिषदमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई योजना अनुगमन तथा प्रशासकिय अधिकृत श्री शिवकुमार कार्कीले स्वागत गर्नुभयो ।

 

 

 

 

सबै समाचार हेर्नुहोस्